सरकारले सीसीटिभी क्यामरा जडान गर्दा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने नियम छ। संखुवासभाका वित्तीय संस्था, विद्यालय, व्यापारिक संस्थालगायतले भने अनुमतिबिनै सीसी टिभी क्यामरा जडान गरिरहेका छन् ।
सदरमुकाम र आसपासका बजारबाहेक जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै यहााका वित्तीय संस्था, विद्यालय, व्यापारिक प्रतिष्ठान र संघ संस्थामा धमाधम सीसी क्यामरा जडान भइरहेका छन् । केही बित्तिय संस्था र स्थानीय तहले मात्र अनुमति लिएको रेकर्ड छ । विद्युतीय कारोबार ऐनद्वारा प्रदत्त अधिकार अनुसार जिल्ला प्रशासनले सीसी क्यामरा जडानको अनुमति त दिन सकेको छैन भने अनुगमन त धेरै परको कुरा हो । सदरमुकामबाहिर सीसीक्यामरा जडान भएकोबारे स्थानीय प्रशासन अनभिज्ञ छ । सुरक्षाका दृष्टिले सीसीक्यामरा जडान गर्नु उचित भए पनि यसको जथाभावी प्रयोगले नागरिकको निजत्वको हक हनन हुने जोखिम पनि उत्तिकै छ ।
सीसी टिभी क्यामराले खिचेका श्रव्यदृश्य तथा विद्युतीय चित्र कम्तीमा पनि ३ महिनासम्म सुरक्षित राख्नुपर्ने हुन्छ । त्यसैले यसको संभावित दुरुपयोग रोक्न बेलैमा चनाखो हुनु जरुरी छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
संखुवासभामा अनुमतिबिनै धमाधम सीसीटीभी जडान | Pradesh Bishesh news headlines uk | |
| 53 Likes | 53 Dislikes |
| 2,238 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 30 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét