तरकारी तथा फलफूलमा विषादी जाँचको निर्णय स्थगन गरेर आलोचित बनिरहेका बेला सरकारले विदेशी वस्तुको आयातमा अर्को खुकुलो निर्णय लिएको पाइएको छ । ७५ प्रतिशत म्याद बाँकी रहेका खाद्य वस्तु मात्र आयात गर्न पाइने व्यवस्था संशोधन गरी सरकारले ४० प्रतिशत म्याद गुज्रिसकेका वस्तु आयात गर्न दिने निर्णय गरेको हो । यो निर्णय गर्दा एउटा मुलुकबाट अर्को मुलुकमा उपभोग्य सामान पुग्दा कम्तीमा ८० प्रतिशत म्याद बाँकी हुनुपर्ने विश्व व्यापार संगठन, डब्लूटीओको अधिकारपत्रको प्रवधानलाई समेत कुल्चेको छ ।
सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी कुनै पनि वस्तु आयात गर्नका लागि त्यसको उपभोग अवधि कम्तीमा ७५ प्रतिशत बाँकी हुनुपर्ने व्यवस्था गर्यो । तर यो व्यवस्था राम्रोसँग कार्यान्वयनमा नआउँदै राजपत्रमै असार २५ गते अर्को सूचना प्रकाशित भयो, जसमा ७५ प्रतिशत म्याद बाँकी रहेका सामान मात्र नेपाल भित्र्याउन पाइने सीमा खुकुलो बनाएर ६० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको छ । यो भनेको म्याद धेरै बाँकी नरहेका वस्तु पनि सजिलैसँग आयात गर्न दिनु हो । उपभोग गर्न मिल्ने म्याद कम रहेका वस्तु आयातमा अनुमति दिने निर्णयले सरकारमाथि शंकाको सुइ तेर्सिएको छ । भन्सार विन्दुमा आउँदा ६० प्रतिशत म्याद बाँकी भए पुग्ने व्यवस्था उपभोक्ताको स्वास्थ्यका दृष्टिले घातक छ । ती वस्तु उपभोक्तासम्म आइपुग्दा अझै पुराना हुन्छन् ।
द्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा निकालेको सूचना संसदीय समितिमा रहेको एन्टी डम्पिङ विधेयकसँग समेत बाझिन्छ । गुणस्तर कम रहेका, उपभोग्य म्याद सकिन लागेका वस्तु नेपालमा ल्याउने र सस्तोमा दिएर उपभोक्ताको स्वास्थ्य तथा स्वदेशी उत्पादनको बजार असुरक्षित बनाउने प्रवृत्ति रोक्ने उद्देश्य विधेयकको रहेको छ । यस्तो अवस्थामा म्याद कम भएका वस्तु आयात गर्न दिने निर्णय घातक छ । संसदीय समितिमा छलफलमा रहेको विधेयकको व्यवस्थाविपरीत उपभोग्य म्याद कम भएका वस्तु आयात गर्न दिने निर्णयले वाणिज्य मन्त्रालय कतै स्वार्थ समूहको प्रभावमा परेको त होइन भन्ने प्रश्न उब्जिएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
४० प्रतिशत म्याद गुज्रिइसकेका विदेशी सामान पनि आयात गर्न दिइने | Kantipur Samachar news headlines uk | |
| 15 Likes | 15 Dislikes |
| 1,009 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 20 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét