दुइ तिहाई बहुमत भएर पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टीभित्रै र बाहिरबाट समेत सरकारको आलोचना भैरहेको छ । तर सरकारी पक्षले विरोधका नाममा भने लोकतान्त्रिक व्यवस्थामाथिकै आक्रमणका रुपमा अर्थ्याउन थालेको छ । विपक्षी नेपाली कांग्रेसले पनि व्यवस्था सुरक्षित नभएको बताउँदै आएको छ । साँच्चै व्यवस्थामाथि प्रहार हुन थालेको हो कि आफूप्रतिका आलोचनालाई विषयान्तर गर्न नेताहरूले यस्ता अभिव्यक्ति दिइरहेका छन् ?
व्यवस्था नै खतरामा छ भन्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले त्यसको कारक विपक्षी वा जनस्तरका विरोधले हो अथवा कुनै शक्ति नै लोकतान्त्रिक व्यवस्था कमजोर बनाउन लागेको छ भन्ने प्रस्ट पारेका छैनन् । तर सरकारी पक्षले विरोधका स्वरलाई बारम्बार व्यवस्थामाथि खतराका रूपमा अर्थ्याउँदै आएको छ । सदनमा दुइ तिहाइ नजिकको र सत्ताको नेतृत्वकर्ता शक्तिले नै आखिर किन यस्तो खतरा देखाइरहन्छ ? त्यसो त सरकार बने लगत्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कम्युनिष्ट सरकारबाट लोकतन्त्र सुरक्षित नरहने भन्दै अधिनायकवादीको आरोप लगाइरहेको छ । अर्कोतिर सत्ता वा प्रतिपक्ष जता भए पनि लोकतन्त्रका लागि कांग्रेस र सत्तारुढ नेकपा आफैमा संस्थापन पक्ष हुन् । तर जब सत्ताको कुरा आउँछ, विरोध हुनेबित्तिकै व्यवस्थामाथि नै खतरा देख्नु आफ्नो अक्षमता लुकाउने र विषयान्तर गर्ने शैली बनेको छ । अधिक जनमतसहित सत्तामा पुगेको नेकपाले काम गर्न जुन अनुकूलता प्राप्त गरेको छ, त्यो यसअघिका सरकारले विरलै पाएका थिए । तर जनअपेक्षा सम्बोधन गर्न नसक्ने अनि असन्तुष्टि बढ्नासाथ व्यवस्थामै खतरा देख्ने सत्तापक्षको प्रवृत्ति र अरू कुनै विषय नै नपाएजस्तो गरी प्रतिपक्षले पनि व्यवस्था नै धरापमा छ भन्ने सन्देश दिन खोज्नु जिम्मेवार भूमिका होइन ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
सरकारमाथि भइरहेको आलोचना व्यवस्थामाथिकै आक्रमण : सरकारी पक्ष । Kantipur Samachar news headlines uk | |
| 145 Likes | 145 Dislikes |
| 6,600 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 28 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét