विकास निर्माणलगायत विभिन्न काम गर्न संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार निर्माण भएका छन् । तर हिमालपारिको जिल्ला मनाङका गाउँघरमा भने मुखिया प्रथा अझै कायम छ ।
उनी हुन् मनाङ पिसाङका मुखिया याङदुङ गुरुङ । मनाङ ङिस्याङ गाउँपालिका वडा नं १ पिसाङका ७५ वर्षीय गुरुङ्गको दैनिकी गाउालेको समस्या बुझ्ने, विवाद मिलाउने लगायतका काममा नै बित्ने गरेको छ । समाजको अगुवाइ गर्नका लागि पछिल्लो समय आमा समूहले मुखिया छान्ने गरेका छन् । स्थानीय भाषामा मिथेवा भनिने मुखियालाई गाउँघरमा सबैले मान्ने गरेका छन् । गाउँको अगुवाइका लागि एकजना मुखिया छान्ने मनाङका केही गाउाको प्रथा हो । तर, नयाा संविधानअनुसार चुनाव भई तीन तहका सरकार बनेका छन् । स्थानीय तहको निर्वाचनपछि मनाङको डिस्याङ गाउँपालिकामा पनि अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष तथा सदस्यहरु निर्वाचित भइसकेका छन् । तर निर्वाचित जनप्रतिनिधिले समेत मुखियासँग नै गाउँको विकास निर्माण लगायतका विषयमा सल्लाह लिनुका साथै निर्माण गर्ने अधिकार समेत दिएका छन् ।
चारवटा गाउँपालिका रहेको मनाङका सबै जसो गाउँमा मुखिया प्रथा कायमै छ । गाउँका सानातिना मुद्दा मिलाउने र विकास निर्माणसम्बन्धी कामको छिनोफानोसमेत मुखियाले नै गर्दै आएका छन् । विगतमा निर्वाचन नभएको अवस्थामा समेत गाउामा मुखिया भएकै कारण आफूहरुले जनप्रतिनिधिको अभाव महसुस गर्नु नपरेको स्थानीय बताउँछन् । मुखिया प्रथालाई स्थानीय तहका जनप्रतिनिधि र सरकारी पक्षले समेत सम्मान दिएका छन् । नेपाली समाज कानुनसँगै अझै प्रथाबाट पनि चलिरहेको छ भन्ने यो एउटा नमुना हो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
मनाङका गाउँघरमा अझै मुखिया प्रथा | Pradesh Bishesh news headlines uk | |
| 42 Likes | 42 Dislikes |
| 1,802 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 30 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét