प्रतिपक्षी दलहरुको अवरोधका कारण ११ दिन वितिसक्दा पनि सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल सुरु हुनसकेको छैन् । असार १ गते प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले असार ५ गते संसद अवरोध गर्दै रातो किताव जलाएपछि अवरुद्ध संसद अझै सुचारु हुनसकेको छैन् । प्रतिपक्षी दलहरुले भने आफ्ना माग पुरा नभएसम्म संसद चल्न नदिने अडान लिएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते २८ अर्ब १६ करोडको बजेट प्रस्तुत गरेको थियो । त्यसको पााच्ा दिन दिनपछि प्रदेश सरकारले बजेटको छलपलका लागि आहृवान गरेको प्रदेशसभा बैठकमा बजेटप्रति असहमति जनाउादै प्रमुख प्रतिपक्षी दलले बैठक नै अवरोध गरे र संसद परिसरमै रातो किताब जलाए । त्यसपछि सभामुखले दुई पटक आहृवान गरेको बैठकको मिति पनि सारियो । प्रमुख प्रतिपक्षी दल नेपाली कााग्रेसले कनिका छरे झै छरेर ल्याएको वितरणमुखी बजेट संशोधन गरी गौरवका आयोजनालाई बजेट नछुट्याइसम्म सदन चल्न नदिने अडान लिएको छ ।
त्यसो त सत्तापक्षकै केही सांसदले पनि ससाना टुक्रे योजनामा प्रदेश सरकारले बजेट छरेको भन्दै आपत्ती जनाएका छन् । ठुला योजना संघीय सरकार, मध्यम प्रदेश र साना योजनालाई स्थानीय तहमार्फत अघि बढाउनुपर्ने सत्तारुढ दलका सांसदको सुझाव छ ।
संसद अवरोधपछि सत्तापक्षले प्रतिपक्षी दलसाग वार्ता र सम्वाद सुरु गरेको छ । प्रतिपक्षी दलका केही जायज मागलाई सम्वोधन गर्ने सरकारको तयारी छ ।
बजेटको विषयलाई प्रतिपक्षीदलहरुले निहुा बनाएर लगातार संसद अवरुद्ध गर्दा सत्ता र प्रतिपक्षी दलबीच सुदूरपश्चिम प्रदेशसभामा दुरी बढेको छ । जसका कारण प्रदेशका जल्दाबल्दा विषयले संसदमा प्रवेश पाएका छैनन् । त्यसैले संसद अवरुद्ध पार्नुभन्दा संसद सुचारु गरेर असहमतिका विषयलाई संसदभित्रै छलफल गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
विपक्षीको अवरोधले सुदूरपश्चिममा बजेट छलफल हुनै सकेन । Kantipur Samachar news headlines uk | |
| 14 Likes | 14 Dislikes |
| 872 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 27 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét